८ असोज २०७७, बिहिवार

डडेल्धुरा – डडेलधुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

https://amzn.to/4myfPN5

अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए।

मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ।

डडेलधुरामा कोरोना संक्रमितको यो पहिलो मृत्यु हो।

प्रतिक्रिया

सम्बन्धित खवर