
७ असोज २०७७, बुधवार
पाल्पामा बुधबार १ बर्षीय बालक सहित चार जनामा कोरोना पुष्टि भएको छ । सदरमुकाम तानसेनका विभिन्न वडाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
वडा नं. ५ की एक जना महिला, वडा नं. २ को १ जना पुरुष, वडा नं. ८ को १ जना १ वर्षीय बालक र वडा नं. ९ का १ जना पुरुषमा कोरोना पुष्टि भएको तानसेन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बुधवार थपिएका ४ जना कोरोना संक्रमित सबै समुदाय स्तरका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ