
७ असोज २०७७, बुधवार
इलाम देउमाई नगरपालिका वडा नम्वर ४ का केही युवाहरुकोे समुहले अति बिपन्न तथा गरिव परिवारलाई निःशुल्क खाद्य सामग्री वितरण गरेको छ । पहिलो चरणमा अत्यान्तै बिपन्न २५ परिवारलाई खाद्य सामाग्री बितरण गरेको हो । चामल, दाल, नुन, तेल, लगायतका दैनिक उपभोग्य सामाग्री बितरण गरिएको अभियान्ता दुर्गा घिमिरेले बताउनु भयो । हुनेले दिएर जानुहोस, नहुनेले लिएर जानुहोस भन्ने नारा सहित कार्यक्रम गरिएको उहाँको भनाई छ ।
कुनैपनि राजनैतिक दलसँग सहकार्य नगरी बिभिन्न पार्टी र तिनका भात्रृसंस्थामा आस्था राख्ने युवाहरुले नै सो अभियान सञ्चालन गरेको हो । बिवन्न परिवार भोकभोकै बस्नुपर्ने दिन नआओस र कमाएकाहरुले बिपन्नहरुलाई सहयोग गर्नुपर्छ भन्ने शन्देश दिन समेत अभियान सञ्चालन गरिएको युवाहरुको भनाई छ । हाल १२ जना युवाहरु अभियानमा रहेको र यस अभियनमा संयोजक र सदस्य नरहने ब्यवस्था गरिएको छ । स्वत स्फुर्त रुपमा युवाहरु नयाँ जोसका साथ अभियानमा लागेकाले पनि समाजसेवीहरुबाट राहत संकलन भएको स्थानियको बुझाई छ ।