
७ असोज २०७७, बुधवार
धादिङको गजुरी गाउँपालिका – ५ गलौदीमा पहिरो जाँदा दुई वटा गाडी पहिरोमा च्यापिएका छन् । काठमाडौंबाट धनगढि जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौं जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय कन्टेनर पनि अड्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको छ । त्यस्तै यता इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज पहिरो खस्दा मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।