७ असोज २०७७, बुधवार
हुम्लामा पहिलो पटक पर्यटन प्रबद्र्धनका लागि माउन्टेन फलाईट शुरु भएको छ ।
मंगलबार दिउँसो शुरु गरिएको माथिल्लो हुम्लाको हिड्न ट्ेजर, वाइल्डलाइफ र नेचुचर फोलोरा एण्ड फोनाको मनोरम दृश्यबाट आनन्द लिनका लागि  सेवा शुरुवात गरिएको सुमीट एयर हुम्ला स्रोतले बताएको छ ।  उडानमा समीट एयरको नाइनएन एकेजेड ट्वीनअटर विमानमा क्याप्टेन एडी शेर्पाको उडान टोली सहित १४ जना यात्रु भरेको थियो ।

मंगलबार दिउँसो १ः४० बजे सुमीट एयरको नाइनएन एकेजेड ट्वीनअटर विमानले हुम्लाका प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामा, नेपाली कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही, सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउपालिकाका अध्यक्ष कर्ण रावल, सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल, हुम्ला प्रहरी प्रमुख डिएसपि सुर्यप्रकाश सूर्य सुवेदी, काँग्रेस जिल्ला सभापती जयपती रोकाया, राष्ट्रिय बाणिज्य बैक सिमकोट शाखाका प्रमुख सबिता शाही, पर्यटन व्यवसायी बिजय लामा, निर्माण व्यवसायी जर्न रावत र सुमीट एयरका सिमकोट स्टेसन प्रमुख गोबिन्द लामाले माउण्टेन फलाईटको माध्यमबाट पहिलो पटक खार्पुनाथ, भिमदुला, दुधेदह, लडेदह, चाङला हिमाल, चुवाखोला, रल्लिङ गुम्बा, पञ्चमुखि, रानीसैना, यालवाङ्ग गुम्बा, लिमि भ्याली, लाप्चाबाट मानसरोवर र कैलाशको दृष्यावलोकन गरेका थिए ।
यो ४० मिनेटको उडानले हुम्ला जिल्लाका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने भएको छ । शुरुवात गरेर मात्रै हुँदैन यसलाई निरन्तरता दिनुपर्ने माउन्टेन फलाइटमा गएकाहरुको अनुभव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर