
६ असाेज,रोल्पामा प्रहरीले नौ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जानकारी आज दिएको हो ।
लागुऔषध अफिम ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी निरीक्षक शङ्कर खड्का नेतृत्वको टोलीले लागुऔषधसहित ती महिलालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा थवाङ गाउँपालिका–२ ठूलो गाउँ बस्ने वर्ष ३६ की बिनज्योति रोका र ४५ वर्षीया मुली झाँक्री रहेको प्रहरीले जनाएको छ ।