६असाेज, नेपाली कांग्रेस  कार्यसमिति गुल्मीले सोमबार स्थानीय मुद्दाका बारेमा जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रहरी प्रशासनद्वारा बल प्रयोग गरी दुव्र्यवहार गरेको घटना प्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोना संक्रमणको संवेदनशीललाई मध्यनजर गर्दैै सजग र सतर्कताका साथ जिल्ला प्रशासन कार्यालय गुल्मी पुगेका पार्टी सभापति लगायतका साथीहरुलाई प्रवेशमा नै रोक लगाउनु र शान्तिपूर्ण रुपले ज्ञापन पत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको दलको आरोप छ ।

‘हाम्रो संविधानले आम नेपालीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । शान्तिपूर्ण रुपले आफ्ना विचार र विमति राख्नु पाउनु मौलिक हक हो । गुल्मी घटनामा संविधानको मूल्य, मान्यता, मर्म र भावनाको ठाडो उल्लंघन भएको छ । उक्त घटनाले मौलिक हकलाई कुण्ठित गर्ने र नागरिकको आवाजलाई दबाउने कार्य भएको छ । स्थानीय प्रशासन एवं सरकारको दमनकारी कार्यको नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ,’ प्रमुख सचेतक खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरी प्रशासनको दमनमा परी कांग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण के.सी. लगायतका साथीहरु घाइते भएका छन् । ‘जिल्ला नेतृत्व माथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाईते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले जनताका दुःख पिडा र समस्याहरुलाई सम्बोधन गर्नुपर्ने र हालको विषम परिस्थितिमा जनताको जीवन रक्षाका लागि जनउत्तरदायी, गम्भीर र संवेदनशील बन्नु पर्नेमा त्यसको विपरित भ्रष्टाचारमा लिप्त हुने, संविधान विपरिपत कार्यहरुमा अग्रसर छ, जुन सरकारका लागि लजास्पद विषय भएको पार्टीको भनाइ छ ।

सरकारका यस्ता किसिमका गैरजिमेम्वार र गैरकानूनी कार्यको खबरदारी गर्दै गलत कदम रोक्न पार्टीले चेतावनी दिएको छ । गुल्मी घटनाको छानविन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापन पत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर