 
							नेकपाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने जिम्मा दुई अध्यक्षलाई दिएको छ।
‘मन्त्रिपरषदको पुनर्गठन गर्नेबारे विभिन्न खालका सुझावहरु आएका छन्। ती सुझावका आधारमा अर्का अध्यक्षसँग सल्लाह गरेर प्रधाधानमन्त्रीले निर्णय गर्नुहुन्छ’ सचिवालय सदस्यले भने,’मन्त्रिपरिषद पुनर्गठनबारे सचिवालयमा छलफल सकिएकाले अब संवैधानिक र राजनीतिक नियुक्तिबारे छलफल हुन्छ।’
सांगठनिक कामका बारेमा पनि छलफल हुन बाँकी रहेकाे उनले बताए। आइतबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल बाहेक सबै सचिवालय सदस्यहरुले मन्त्रिपरिषद् पुनर्गठन गर्दा राम्रो काम गरिरहेका मन्त्रीहरुलाई कायमै राख्नुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरु एकैचोटि हटाउने पक्षमा आफू नरहेको बताएका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उस्तै धारणा रहेको थियो।
नेकपा बैठक सोमबार १ बजे फेरि बस्दैछ। सोमबार नै सचिवालय बैठक सक्ने नेकपाको तयारी छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com