३असाेज २०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जना संक्रमितको मृत्यु भए छ ।२४ घण्टाको अवधिमा १ हजार ४४७ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार  काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर