
३असाेज । वैदेशिक रोजगारिमा गएका धेरै नेपालीहरुले परदेशमा ज्यान गुमाउनु परेको छ । खाडी, मलेसिया लगायत केही अन्य देश गयकाहरुको रेकर्ड नेपाल सरकार सङ भय पनि लाखौंको संख्यामा भारतमा रहेका नेपालीको रेकर्ड सरकार सङ छैन । मानौ कि सरकार उनीहरुको लागि केही पनि गर्न नपरोस् । कम्पनी मालीक हरुको यातना सहन नसकेर भारतमा सयौं नेपालीहरुले ज्यान गुमाउनु परेको छ । पछिल्लो एक सातामा पाच जना नेपालीले आत्महत्या गरेका छन । चेन्नई, मुम्बई, र गोवामा एक-एक जना र बेङ्गलोरमा दुई जना नेपालीले आत्महत्या गरेका हुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्यालका अनुसार चेन्नईको ताम्बाराममा बागलुङको जैमिनी नगरपालिका वाड नंबर ८ छिस्ती ढावाका बुद्धि प्रसाद क्षेत्रीले आत्महत्या गरेका छन । चेन्नईको ताम्बारामस्थित सिंगापुर सेन्ट्रीङ ट्रेनीङ सेन्टरमा काम गर्दै आएका ५० वर्षका क्षेत्रीले काम गर्ने ठाउँमै पासो लगाएर आत्महत्या गरेका हुन । यसै गरि सेप्टेम्बर ४मा चेन्नईको किल्पाकमा कार्यरत तुलसीपुर नगरपालिका वाड नं १६ मानपुर, दाङका सन्तोष चौधरीले आत्महत्या गरेका थिए । यसैगरी सेप्टेम्बर ९ तारीखका दिन बेङ्गलोरमा पछिल्लो एक वर्षदेखि काम गर्दै आएका सुर्खेत पञ्चपुरी नगरपालिका वार्ड नम्बर८ का बिमल मगरले आत्महत्या गरेका थिए , यसैगरि बेङ्गलोरको इलेक्ट्रोनिक सिटीमा कार्यरत डडेल्धुरा जिल्लाको जोगबुडा स्थायी घर भएकी २४ वर्षीया शान्ता महताले आत्महत्या गरेकी थिइन ।उता सेेेप्टेम्बर १६तारीखमा गोवामा दाङको बबई गाँउपालिका वडा नं ६ पंचकुले कट्कुयाका नारायण देवकोटाले आत्महत्या गरेका थिए ।१७ सेेेप्टेम्बरमा मुम्बईमा अर्घाखाँचीका भोजबहादुर थापाले आत्महत्या गरेका थिए ।