३१ भदौ , बुटवल । उपभोक्तालाई ठगी गर्ने बुटवलका चार किसाना पसल सिल गरिएको छ । बाणिज्य कार्यालय भैरहवाको नेतृतवमा अनुगमनमा गएको टोलीले खरिद मुल्यभन्दा तीन गुणासम्म बढीमा सामान बेचेको पाईएपछि ती पसललाई सिल गरिएको हाे ।
बुटवल उपमहानगरपालिका वडा नं. ६ कान्तिपथको गोपीकृष्ण किसाना पसल, संगम पथको लाला किराना पसल र सब्जीमण्डीमा रहेका ईधान स्टोर सिल गरिएको हो ।
त्यस्तैगरी सब्जीमण्डीमै रहेको आशिस आलु प्याज भण्डारमा स्टोर गरि राखिएको प्याज खरिद मुल्य अनुसार नै उपभोक्तालाई लाईनमा लगाएर बिक्रि गरिएको  थियाे ।
अनुगमन टोलीले ४८ रुपैंया प्रतिकिलोमा खरिद गरेको प्याज प्रतिकिलो १२० रुपैंया सम्ममा बिक्रि वितरण गरेको पाईएको बतायकाे छ  ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर