३१ भदौ,काठमाडौं
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै काठमाण्डौमा प्रदर्शन भएको छ ।
घिसिङको पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको जोरपाटी चोकमा जुलुस प्रदर्शन भएको हो ।
यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिएपछि उनको मंगलबार बिदाई भएको थियो ।