यसअघि सोमबार हिजो १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।यसैगरी आइतबार ९ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा ३ जना महिला र ६ जना पुरुष थिए । काठकमाडौंकी ६५ वर्षीया २ जना र कास्कीकी ४५ वर्षीया एक महिला थिए । त्यसैगरी ६९, ५९ ,७०, ६४ र ५९ वर्षीय काठमाडौंका पाँच पुरुष तथा सिन्धुपाल्चोकका ५९ वर्षीय एक पुरुष थिए ।

मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो । जसमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्साकी ७८ वर्षीया महिला, काठमाडौंकी ७६ वर्षीय महिला तथा ५१ र ५४ वर्षीय पुरुष थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

त्यसैगरी भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँकी ७६ वर्षीया महिला, स्यांजाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय पुरुष गरी १४ जनाको कोरोनाले मृत्यु भएको थियो ।

त्यसैगरी शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी विहीबार १ महिला र ४ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंकी ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय २ जना पुरुष रहेका छन् । यसैगरी चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार यसअघि बुधबार तीन महिला र तीन पुरुषको कोरोनाले मृत्यु भएको छ । कठमाडौँकी ८३ वर्षीय महिला र ६७ वर्षीय पुरुष, कास्कीकी ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीय महिला र नवलपरासीकी ६४ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

यसअघि गत मंगलबारबार काठमाडौंकी ८० वर्षीया एक महिलाको मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

यसअघि ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । जसमा काठमाडौंकी ३७, ८३ र ९० वर्षीया तीनजना महिला र कास्कीकी ६३ वर्षीय महिला थिए । त्यसैगरी मोरङका ७६ वर्षका एक पुरुष, सिरहाका ६२ र ८७ वर्षका दुईजना पुरुष, सर्लाहीका ३५ वर्षका एक पुरुष, दोलखाका ६९ वर्षका एक पुरुष, मकवानपुरका ३९ वर्षका एक पुरुष र बाँकेका ५९ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार त्यसअघि ७ जनाको मृत्यु भएको थियो । जसमा मोरङकी ६४ वर्षीया महिला र झापाकी ४५ वर्षीया महिलाको मृत्यु भएको थयो । त्यसैगरी मोरङका ४५ वर्षीय पुरुष, पर्साका ७७ वर्षीय पुरुष, धनुषाका ३५ वर्षीय पुरुष, चितवनका ७० वर्षीय पुरुष र काठमाडौंका ३ जना ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

यसअघि ३ महिला र ६ पुरुष गरी ९ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षकी एक महिला र नवलपरासीकी ३७ वर्षकी महिला थिए । यसैगरी पर्साका ७५ वर्षका एक पुरुष, महोत्तरीका ७८ वर्षका एक पुरुष, काठमाडौंका ४१, ५९ र ६५ वर्षका तीन पुरुष र रुपन्देहीका ४० वर्षका एक पुरुषको मृत्यु भएको थयो ।

यसअघि नेपालमा १४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । जसमा ४ महिला र १० पुरुष थिए ।
उनीहरु काठमाडौँकी ८२, ६७ र २२ वर्षीया ३ जना महिला र चितवनकी ३५ वर्षीय १ जना महिला थिए । त्यसैगरी सप्तरीका ५५ वर्षीय २ जना पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्युठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष, रसुवाका ३१ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।

यसअघि थप ६ जनाको मृत्यु भएको थियो । जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ जना महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षकी महिला थिए । त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्षका पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।

यसअघि गत थप १२ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा चितवनकी १८ र ५५ वर्षीया २ जना महिला, काठमाडौंकी ८९ वर्षकी एक महिला, ललितपुरकी ७० वर्षीया एक महिला, तनहुँकी २० वर्षीया महिला, कपिलवस्तुकी ६० वर्षीया महिला थिइन् । यस्तै बाराका ५७ वर्षका एक पुरुष, चितवनको ६५ वर्षका एक पुरुष, भक्तपुरका ४० वर्षका एक पुरुष, काठमाडौंका ७० र ७५ वर्षका दुई जना पुरुष र धादिङका ४७ वर्षका पुरुषको थिए ।

यो भन्दा अघि ११ जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, महोत्तरीका ३७ वर्षका एक पुरुष, सिराहाका ६५ वर्षीय पुरुष, पर्साका ३ जना ५३, ८० र ६० वर्षका पुरुषहरु, बाराका ६० वर्षका पुरुष, चितवनका ५२ वर्षका पुरुष, काठमाडौंका २ जना ७० र ३५ वर्षका पुरुषहरु, मकवानपुरका ५८ वर्षक पुरुष थिए ।

यसअघि महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला, झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसअघि गत कोरोनाले एकैदिन ४ महिला र १० पुरुष गरी १४ जनाको मृत्यु भएको थियो । जसमा सुनसरीकी ७४ वर्षीय महिला, बाराकी ४७ वर्षीया महिला, महोत्तरीकी ६२ वर्षीया महिला र काठमाडौंकी ७२ वर्षीया महिला थिए । त्यसैगरीरी सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६२ वर्षीय पुरुष, महोत्तरीका ७० र ३५ वर्षीय पुरुष, रौतहटका ३० वर्षीय पुरुष, ललितपुरका २९ वर्षीय पुरुष, भक्तपुरका ६५ वर्षीय पुरुष, नवलपरासीका ६२ वर्षीय पुरुष र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुष रहेका थिए ।

मनत्रालयका अनुसार यसअघि ३ जना महिला र ९ जना गरी १२ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा पाल्पाकी ३० वर्षीया एक महिला, काठमाडौंकी ५१ वर्षकी एक महिला, भक्तपुरकी ६२ वर्षकी एक महिला, पर्साका ४८ र ४९ वर्षका २ जना पुरुष, सिरहाका ८४ वर्षका एक पुरुष, गोरखाका ३८ वर्षका एक पुरुष, कास्कीका ५८ वर्षका एक पुरुष, काठमाडौंका ८३ वर्षका एक पुरुष, ललितपुरका ७२ र ६१ वर्षका २ जना पुरुष र भक्तपुरका ८२ वर्षका पुरुष थिए ।

यसअघि गत शुक्रबार पनि कोरोनाले १२ जनाको मृत्यु भएको थियो । मोरङकी ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महिला थिए । त्यसैगरी उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहाका ५५ वर्षीय पुरुष, झापाका ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्कीका ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुष थिए ।

यसैगरी काठमाडौंका ४८ वर्षका एकजना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष, कास्कीकी ३२ वर्षकी महिला, कपिलवस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँकेकी ७० वर्षकी एक महिलाको मृत्यु भएको थियो ।

त्यसअघि कोरोनाका कारण ११ जनाको मृत्यु भएको थियो । जसमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ वर्षीय र ५० वर्षीय २ जना पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय तीन पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौँका ५१ वर्षीय पुरुष र बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष थिए ।

त्यसअघि कोरोनाले ७ जनाको मृत्यु भएको थियो । जसमा काठमाडौंकी ७१ वर्षीय महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष थिए ।

यस्तै सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुष गरी ८ जनाको मृत्यु भएको थियो । झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ महिला र सर्लाहीकी ३३ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो ।

सुनसरीकी ६ वर्षीया बालिकासहित ९ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । जसमध्ये सुनसरीमा दुईजना, पर्सामा तीनजना, बारामा एक, सिरहामा एक, मकवानपुरमा एक र भक्तपुरमा एक गरी ९ जना थिए ।

त्यसअघि ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । जसमा मोरङ, पर्सा, सप्तरी, बारा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका एक-एक जना गरी ११ जना थिए ।

त्यसअघि काठमाडौंकी एक महिला, मकवानपुरका एक पुरुष, सप्तरीका एक पुरुष, पर्साकी एक महिला र दुई पुरुष गरी ६ जनाको कोरोनाले मृत्यु भएको थियो । त्यसैगरी काठमाडौं र बर्दियामा एक-एक जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक जना महिला गरी ६ जनाको कोरोनाले मृत्यु भएको थियो।

त्यसैगरी काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थयो । मन्त्रालयका अनुसार यसअघि रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिलाको कोरोनाले मृत्यु भएको थियो ।

यसअघि २ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा पर्साका एक पुरुष र मोरङकी एक महिला थिए । यसअघि कपिलवस्तु, पर्सा र धनुषामा एक / एक जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । त्यसअघि ४ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा मोरङ र सिरहाका १-१ जना परुष र बाराका २ पुरुष थिए ।

यसअघि महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

यसअघि एकैदिन ८ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुष रहेका थिए ।

त्यसअघि थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । जसमा काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिला, धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुष, सिन्धुपाल्चोक बाह्रबिसेका एक पुरुष / विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

यसअघि पनि एकै दिन ४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिला, पर्साको वीरगञ्ज-१५ की ४५ वर्षीया महिला, काठमाडौं-१० मध्यबानेश्वर बस्ने एक ७६ वर्षीय पुरुषको र कीर्तिपुर ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोनाकै कारण निधन भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा-१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । त्यसैगरी वीरगञ्जको छपकैया निवासी २० वर्षया एक महिलाको पनि कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।

त्यस्तै यसअघि पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोखा-६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । यसअघि पर्सा वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

योभन्दा अगाडि विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुष, सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला, धनुषाकी वर्ष ७२ एक महिला र सप्तरीको रुपनी गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

यसअघि पर्साकी १८ वर्षीया महिलाको कोरोनाले निधन भएको मन्त्रालयले जानकारी दिएको हो । यसैगरी पर्सा विरगन्जकै वर्ष ४६ का एक पुरुषको पनि पनि कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । त्यसैगरी मोरङ विराटनगर-५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको हो । यसअघि पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरी पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु पुष्टि भएको थियो ।

यसअघि यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। वीरगन्ज महानगरपालिका- ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका-१६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर-२ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको कोरोनाले मृत्यु भएको पुष्टि हो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको थियो ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको थियो।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुषको कोरोनाले मृत्यु भएको थियो ।

त्यसैगरी दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला, चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष, अछामको होम क्वारेन्टिनमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको भएको थियो।

त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दीकी एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको थियो भने काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका काठमाडौंका एक ८५ वर्षीय पुरुषको कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी, गोरखा पालुङटार नगरपालिका- ७ पुर्नेपिपलका ४४ वर्षीय पुरुष, त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुष, क्वारेन्टाइनमा ज्यान गुमाएका बागलुङको निसीखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो ।

त्यसैगरी काठमाडौं महानगरपालिका १० शंखमूलका ६० वर्षका पुरुष, काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षका पुरुष, सिन्धुपाल्चोक पाँचपोखरी-६ का ४५ वर्षीय पुरुष र रौटहट परूवा नगरपालिका-७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ७३ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु छ भने धनुषाका ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो।

त्यस्तै ५९ वर्षीय चिनयाँ महिलाको साउन २ गते काठमाडौं ग्रान्डी अस्पतालमा ल्याइएको र थप उपचारका लागि त्रिबि अस्पतालमा ल्याइएकोमा उपचारका क्रमममा उनको निधन भएको थियो । त्यसैगरी वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

यसैगरी पर्सा वीरगञ्ज -११ की ८५ वर्षीय महिलाको पनि कोरोनाले मृत्यु भएको थियो । उनको नारायण अञ्चल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । त्यसैगरी नारायणी कोरोना विषेश अस्पतालमा उपचारत बाराकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

त्यसैगरी मोरङका ४५ वर्षका पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । उनी कोशी अस्पतालबाट रेफर गरिएका बिरामी थिए । प्रतिष्ठानमा आइपुग्दा ती बिरामी वेहोस् अवस्थामा थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यसअघि बझाङ बुंगलका एक ६५ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको थियो । वीरगञ्जको नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय भारतीय नागरिकमा कोरोना पुष्टि भएको थियो। यसैगरी धनुषाको शहीदनगर नगरपालिका–८ डुमरीयाका ३६ वर्षका पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो ।

त्यस्तै बाराको फेटा गाउँपालिका- ३ का एक ६० वर्षीय पुरुषको त्रिवि क्षियण अस्पताल महाराजगंञ्जमा उपचारका क्रममा निधन भएको थियो । खबरहबबाट

प्रतिक्रिया

सम्बन्धित खवर