काठमाण्डाै – काठमाण्डाै उपत्यकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १२ हजार पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले काठमाण्डाै उपत्यकामा अहिलेसम्म १२ हजार दुई सय ४८ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । तीमध्ये १० हजार सङ्क्रमित काठमाण्डाै जिल्लाका मात्रै रहेका छन । काठमाण्डाैमा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस्तै ललितपुरमा एक हजार  एक सय ९१ जनामा तथा भक्तपुरमा एक हजार ३१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो पटक लकडाउन खुकुलो भएसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो । अहिले दैनिक चार सय जनाको हाराहारीमा उपत्यकामा सङ्क्रमित बढ्न थालेका छन् । हिजोमात्र उपत्यकामा पाँच सय १२ जना सङ्क्रमित फेला परेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर