२० भाद्र २०७७, शनिवार
देशभरका ११ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। प्रदेश १ का मोरङ र सुनसरी, प्रदेश २ का ५ जिल्ला धनुषा, पर्सा, बारा, रौतहट र सर्हालीमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन्। त्यसैगरी बागमती प्रदेशका काठमाडौं, ललितपुर र चितवन र प्रदेश ५ का रुपन्देहीमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित छन्
र पाँच सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा लागू गरेको छ। त्यसैगरी, ६ जिल्लामा शून्य संक्रिय संक्रमित छन्। प्रदेश १ को ताप्लेजुङ्ग र सोलुखुम्बु, गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको मुगु, डोल्पा र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्य छ। शनिबार देशभर १ हजार ४१ न्याँ संक्रमित थपिएका छन्। हालसम्म ४५ जार २ सय ७७ संक्रमित नेपालमा पुष्टि भएका छन्।
हालसम्म २७ हजार १ सय २७ संक्रमित निको समेत भइसकेका छन्। भने २४ घण्टामा १ हजार ५ सय ६६ संक्रमित संक्रमणमुक्त भएका छन्। देशभर १७ हजार ८ सय ७० जना संक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २८० पुगेको छ।