
२० भाद्र २०७७, शनिवार
रुपन्देहीकाे कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचाररत एक महिला र एक पुरुषको गरी थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले बताए ।
योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।