२० भाद्र २०७७, शनिवार

रुपन्देहीकाे   कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचाररत एक महिला र एक पुरुषको गरी थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको  शनिबार  बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले बताए ।

योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर