१८ भाद्र २०७७, बिहिवार
निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा छाडेका छन्।
आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्।
निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।अहिले पुल्चोक क्षेत्रमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । भिडलाई तितरबितर बनाएको छ ।













