
१७ भाद्र २०७७, बुधवार
मलेसियाबाट बुधबार (आज) उडान भरेको मलिन्डो एयरलाईन्सले १३५ जना यात्रु मध्ये २ जना आरडीटी र १३ जना पिसिआर रिपोर्ट लिएको ७२ घण्टा नाघेका यात्रुलाई एकसाथ लिएर आएपछि एयरलाईन्समा यात्रारत १३५ जना नै होटल क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ।
नेपाल सरकारले आरडीटी रिपोर्ट र पिसिआर रिपोर्ट भएका तर ७२ घण्टा ननाघेका नेपालीलाई मात्र यात्रा अनुमति दिएपनि एयरलाइन्सले रिपोर्ट अनुगमनमा ध्यान नदिएको कारण यात्रुले यो समस्या झेल्नु परेको हो ।
मलिन्डो एयरलाईन्समा यात्रा गरेका १३५ जनालाई होटल क्वारेन्टाइनमा पठाइएकोएयरलाइन्समा यात्रारत सविन कुमार लोप्चन तामाङ बताए । नेपाल सरकारले तोकेको होटलमा क्वारेन्टाइन राख्न एयरलाईन्सले यात्रुहरुको होटल क्वारेन्टाइन खर्च बेहोर्नु पर्ने माग यात्रुहरुले राखेका थिए । यसमा नेपाली सेना, होटल ब्यबसायी संघ र एयरलाईन्स बिच छलफल भएको थियो । छलफल पछी एयरलाईन्सले आफ्नो कमजोरी स्वीकार्दै यात्रुको होटल क्वारेन्टाइनको खर्च बेहोर्ने सहमति भएपछि होल्डिङ सेन्टरबाट होटल क्वारेन्टाइनको लागि कलंकी स्थित मकालु पम्प नजिक रहेको हिमालयन होटलमा राखिएको छ ।