१७ भाद्र २०७७, बुधवार
कपिलवस्तुकी एक कोरोना संक्रमित महिलाको कोरोना विषेश अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका वडा नंं, ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
कोरोना पोजेटिभ देखिएपछि भदौ ७ गते अस्पताल भर्ना भएकी उनको सोही दिनदेखि आइसियूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।