१६ भाद्र २०७७, मंगलवार

लुम्बिनी प्रादेशिक अस्पतालले बुटवलको धागो कारखानामा सन्चालन गरेको कोरोना विशेष अस्पतालका चिकित्सकहरुले पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अस्पतालमा कार्यरत डाक्टरहरु साहिल भुसाल, पुजन ज्ञवाली, प्रतिमा भण्डारी, विशाल झा, राजेश लिम्बु, सजिमा न्यौपाने, कल्याण रेग्मी, आर्शिवाद अर्याल र सविता अर्यालसहित ९ जना चिकित्सकहरुले पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।

सरकारले कोरोना महामारीमा अग्र भागमा रहेर बिरामीको उपचार गर्ने काम गर्ने स्वास्थ्यकर्मीलाई शत प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरे पनि अस्पतालले २०७७ आषाढसम्मको भत्ता पनि प्राप्त नहुँदा समस्या भएको उनिहरुको गुनासो छ ।
अस्पताल प्रशासनले आफूहरुले पाउनु पर्ने सम्पूर्ण तलब भत्ता सात दिन भित्र भुक्तानी नगरे बाध्य भएर आन्दोलनमा उत्रने चेतावनी समेत उनिहरुले दिएका छन् ।
यता लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुुर भट्टराईले भने असारसम्मको सबै तलब भत्ता उपलब्ध गराएको दाबी गरे ।
साउन महिनाको तलब भत्ता दिने समयमा अस्पतालको लेखा शाखामा कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण भएकाले पारिश्रमिक रोकिएको अध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर