 
							१६ भाद्र २०७७, मंगलवार
तेह्रौँ राष्ट्रिय पुस्तकालय दिवश गुल्मीमा विविध कार्यक्रम गरी मनाइएको छ । किरण पुस्तकालय तम्घास गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने नाराका साथ मनाइएको हो ।
किरण पुस्तकालयद्वारा प्रकाशित भएको हाम्रो पुरुषार्थ पत्रिकाको बिशेषाङ्कको रुपमा कवि भेष बहादुर कुवँर प्रयासीको सम्झनामा कवि ‘प्रयासी’ स्मृति अङ्क विमोचन गरिएको थियो ।
सोमबार रेसुङ्गा बहुमुखी क्याम्पस प्रमुख तथा प्राज्ञिक व्यक्तित्व हरि बहादुर खत्री तथा किरण पुस्तकालयका परिकल्पनाकार एवं उपाध्यक्ष वरिष्ठ साहित्यकार शशि पन्थीले संयुक्त रुपमा कवि ‘प्रयासी’ स्मृति अङ्कको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ,प्रमुख अतिथि हरि बहादुर खत्री,वरिष्ठ साहित्यकार पन्थी,
व्यवसायी एवं समाजसेवी नन्दराम भुसाल, किरण पुस्तकालयका सचिव, दीन पन्थी, रेसुङ्गा बहुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रामप्रसाद खनाल लगायतको सहभागिता रहेको थियो ।
भने भर्चुअल प्रविधिबाट संयुक्त राज्य अमेरिकामा रहनुभएका कवि प्रयासीका पुत्रहरु डा.ईश्वरीजङ्ग कुवँर, डा.विजयजङ्ग कुवँर, हेमन्तजङ्ग कुवँर तथा काठमाडौँमा रहनुभएका रमेशजङ्ग कुवँर, म्याग्दीमा रहनुभएका प्रहरी नायब उपरिक्षक (डिएसपी) किरणजङ्ग कुवँर,छोरी दयालक्ष्मी कुवँरको समेत सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन हाम्रो पुरुषार्थका सहसम्पादक भुवन प्रसाद अर्यालले गर्नुभएको थियो ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com