नेकपा एमालेले ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबलकार परियोजनाको प्रक्रिया अघि बढाउन सरोकारवालासँग छलफल थाल्ने निर्णय गरेको छ। पार्टी सचिवालयको आइतबारको बैठकमा उक्त निर्णय गरिएको हो।

महासचिव शंकर पोखरेलले बैठकपछि जानकारी दिँदै भने, “पाथीभरामा केबलकार निर्माणको सन्दर्भमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग भएको विवादलाई समाधान गर्नका लागि छलफल सुरु गर्ने तयारी गरिएको छ।”

https://amzn.to/4myfPN5

उनले थपे, “केबलकार निर्माणको प्रक्रिया अघि बढाउन उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ। त्यसका लागि सम्बन्धित पक्षलाई सचेत गराउने र प्रक्रिया सरल र विवादमुक्त बनाउन पार्टीले सक्रिय भूमिका खेल्ने छ।”

पार्टीले यस परियोजनामा भएको विवादलाई समाधान गर्दै, निर्माण प्रक्रिया सुरु गर्नका लागि सरोकारवालासँग समन्वय गरेर काम अघि बढाउने उद्देश्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर