गुल्मीका मृगौला पिडितलाई गुल्मी जिल्ला समाज युकेका सस्थापक अध्यक्ष ओम प्रसाद थापा काउचा प्रमुंख संयोजक तथा सहसयोजक गुल्मी चन्द्रकोट हाल युके निवासी कुमार थापा र युबा नेता कुश बस्नेतको सक्रियतामा रहेर संकलन गरेको रकम पिडितलाई सहयोग हस्तान्तरण गरेका छन् ।काठमाडौँमा एक कार्यक्रम आयोजना गरी मृगौला पिडितलाई आर्थिक सहयोग गरिएको हो ।

गुल्मी चन्द्रकोट गाउपालीका वडा न १ सराड निवासी दुर्ग बहादुर पुन मगरको दुबै मृगौला फेल भए अनुरूप समन्धित वडा कार्यलयको निज परीवारको परिवारीक आर्थिक अवस्था अती नाजुक भएको उनको जिवन मरन बाट बचाउन नया किडनी प्रत्यरोपन गर्नु पर्ने भएकोले बेलायत बासी गुल्मी चन्द्रकेट गाउपालिका सदस्यहरू साथै अन्य गुल्मीली र अन्य पुन्यकारी दाताहरू मार्फ़त संकलित (रू १२ लाख ३२ हजार ५ सय बयासी संकलन गरिएको हो।

६ अगष्ट २०२४ को दिन ललितपुर नख्खु स्थित अस्पतालको प्राणागनमा काठमाडौँ चन्द्रकोट समाजका सक्रिय सदस्य श्री गोपाल सिंह गलामी मगर र गुल्मी शान्तिपुर हाल काठमाण्डू निवासी शिक्षिका माया राना काउचाको हातबाट बिरामी दुर्गा बहादुर पुन र उनकी धर्मपत्नी बिमला पुनको हातमा चेक हस्तान्तरण गरिएको हो।सय पुन्यकार्य को निम्ती कसैको जिवन रक्षा र पुनजिव दिलाउन सकियोस भनी यस रकम संकलन को प्रमुख सयोजन गुल्मी जिल्ला समाज युकेका सस्थापक अध्यक्ष हाल समाजका टष्ट्री साथै प्रथम नौमती बाजा गुल्मी युके समुहका सस्थापक प्रमुख सयोजक ओम प्रसाद थापा काउचाले बताए ।

समन्धित बिमारी र परिवार को हात मा हस्तान्त्रर गर्नु सफल भएका छौ। भन्दै थापा काउचा यस पुन्य कार्य मा साथ दिने सबै पुन्यदान दानबिर हरूलाई बिशेष आभार को साथ धन्यवाद तक्राउ यस्तै भबिष्य मा पनि यस्ता मानबिय कार्यमा साथ पाउने आसा राख्दै बिगत का दिनमा सयौ संख्या मा यस्ता अभियान गरेर धेरै को आपतबिपत पर्दा आफ्नो गुल्मीमा को पुन जन्म दिन सफल भएको ,यस्ता उल्लेखनीय कार्य गरेका उदाहरण हरू धेरै छन काउचाले बताए ।

साथै हाम्रो बिमारी गाउले जिल्ला बासी  दुर्गा बहादुर पुन मगरको शिग्रहस्वाथ्य लांभको कामना गर्द उनले मृगौला पिडितलाई आर्थिक सहयोग गर्ने सबै मनकारी पुन्यदान कर्ता हरूलाई आभार प्रकर्ट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर