नीलकण्ठ न्यौपाने
रम्भादेवी प्रतिजन आस्था अपार छ । व्यापक छ। स्थापित छ। परम्परित छ। यो पञ्च प्रकृतिको कुञ्ज हो। निकुञ्ज हो । प्राकृतिक सौन्दर्यको भण्डार हो। अपरिमित जलाशयको सञ्चिति हो रम्भापानी र यसको सेरोफेरो पूर्वबग्ने पूर्वखोला, पश्चिम बग्ने तिनाउ, उत्तरबग्ने अँगाहाखोला, करादिखोला, दक्षिण बग्ने अरुणखोला जस्ता पाल्पाली चर्चित नदीहरुको उद्गम क्षेत्र नै रम्भापानी र यसको आसपासको भूगोल भएकोले यसलाई रम्भापानी भन्ने तर्क युक्तिसंगत रहेको मान्न सकिन्छ। मान्ने आधार पनि यिनै हुन् ।
समय सार्धंयत्र प्रकृति रमयति सा“रम्भा” भन्ने शब्द व्युत्पति प्रक्रियाले पनि रम्भापानी शक्तिस्रोतको माध्यम हो ।धनधान्य प्राप्तिको उपाय हो। विद्या बुद्धि,विवेक,विचार,विनय,गीतसंगीत, काव्यप्रतिभाको उपयुक्त साधनाभूमि हो सावित्री शक्ति अर्थात् यज्ञ अजुष्ठान तन्त्र, मन्त्र,वैदिक ज्ञान उपासनाको अति उत्तम पावन भूमि हो ।
रम्भा पानी क्षेत्र साथमा राधा प्रकृति जसबाट मुक्तिप्राप्ति हुन्छ । पारलौकिक संसारको सार प्राप्त हुन्छ । अलौकिक आनन्द अनुभूत गर्न सकिन्छ यहाँ।यो वैराग्य प्राप्तिको शिखर भूमि हो पावन तीर्थभूमि हो रम्भादेवी धार्मिक पर्यटनका दृष्टिले पनि विविध उद्देश्य सहित यहाँ पर्यटन गर्न सकिन्छ । पर्यटकीय आनन्द लिन सकिन्छ। यहाँ सघन सदावहार वन्य क्षेत्रको मध्यविन्दुको पहाडी उचाइमा चिसो सदा एकै प्रकृतिको स्वास्थ्यप्रद जलउद्गम जरुवा वेतवाँसको जडीबुटी भएको छ ।मालागिरी सुवासित वृक्षमूलमा रम्भादेवीको साकार शिला मूर्ति स्वर्ण जडित प्रतिकात्मक मूर्ति आजकल आधुनिक कलात्मक मूर्तिको पनि हरिपाण्डेय अर्गलीबाट निर्मित मन्दिर भित्र स्थापित छ । पूजित छ । यिनै देवीमूर्तिलाई साकाररुप ठान्छन् भक्तहरुले यहाँ । पूजाका लागि भक्तहरुले घरैबाट भाकल गरे अनुसारका अर्चन सामग्री फूल, चन्दन, अक्षता, धूप, दीप, नैवेध, बली, पञ्चवली, रोटको सभक्ति व्यवस्था गरी आउँछन्।तयारी नगर्नेहरुका लागि पनि यहाँ पूजासामग्री, रोटको राम्रो प्रसाद, आग्रह गरे अनुसार पाइने व्यवस्था छ । रम्भापानी पर्यटन विकास प्रतिष्ठान यसको भौतिक संरचना विकास निर्माणमा क्रियाशील रहेको देखिन्छ । भेटिन्छ ।
रम्भापानी प्रचलित दैवी विश्वास हो । आस्था हो ।श्रद्धा हो। भक्ति, भाव, चिन्तन, मनन, नमन, स्तवन, धारण,पूजन, अर्चन, अर्पण, उपासन, आराधन आदि हो।यो कसैबाट प्रेरितमा वहना कसैबाट बहुप्रचारित पनि छैन।आर्थिक लाभ अभिलसित् पनि छैन आज सम्म कसैको । खास कमाइको माध्यम पनि बनेको छैन रम्भापानी क्षेत्र ।
परापूर्व कालदेखि रम्भादेवी या रम्भापानी संस्था निस्वार्थ भावमा छ । सेवा भावमा छ। जन आस्थामा छ। जनधारणामा छ। आजसम्म पनि रम्भादेवी मन्दिर सञ्चालनको आधिकारिक विधि छैन।विधान छैन। राणाकाल देखि नै यो उर्दीमा चलेको संस्था हो । अझै पनि वैकल्पिक व्यवस्था नभएसम्म उर्दी नै उहाँको निविकल्प उपाय हो ।
रम्भापानी साँस्कृतिक जागरणका वक्ताहरुबाट अब यसको व्यवस्थापन संचालन सम्बर्धन,संरक्षण सबै स्थानीय सरकार र स्थानीय जनस्तरको सहभागितामा प्रबन्ध व्यवस्थित भई सञ्चालित हुनुपर्ने समय सापेक्ष सुझाव आत्मसाथ गर्नुपर्ने सल्लाह दिइएको थियो यो समयको पनि माग हो ।
अघि रम्भादेवीको दैनिक नित्य नैमित्रिक पूर्जा अर्चना गर्नका लागि ताहूँको घुर्चिसमा बस्रभा खदाल्नीबाट तत्कालीन परिमाणमा चारमुरी खेत र बाटुली चौरमा केहीबारी प्राप्त गरी परमानन्द द्वारा रम्भादेवी गुठी स्थापित भएको शिलालेख यहाँ उपलब्धछ ।त्यहाँ भनिएको पनि छ ।
स्वदसां परदत्ताञ्च यो हरेत विपुलाम् महिम्। पष्ठिवर्ष सहस्त्राणि विष्टायां जायते कृमि । अर्थात् आफूले दिएको होस् अरुले जसले देवस्व हरण गर्छ, त्यो व्यक्ति साठी हजारवर्ष सम्म गुहुँको किरो भएर बाँच्न पर्ने छ । अधावधि उक्त गुठी सुरक्षित छ। यहाँका देवसेवकबाट भोग चलन हुँदै आएको छ।यसका अतिरिक्त ताहूँ साविक–८ हटियाका घरधुरीबाट प्रतिदिन फूल अक्षता दिनुपर्ने सामाजिक समजदारी कायम थियो।छ पनि बाँकी आसपासको गाउँ वस्ती जस्तै ताहूँ मलेङ धौराली धोवादी छाप खल्कुना ।
झाँक्रीडाँडा र थाकखोला फुरुङ्दी छिस्खोला हुन् ।
झोकेदी टेमने सेर्कावास ग्राम जगादिका। रस्ती वस्ती बने सस्तै परापूर्व अपूर्वका। (रम्भा सँस्कृति परककाव्य
आसपासका घरधुरीबाट अनिवार्य पाथी उठाउने तालुकी उर्दी खटनथियो।रम्भादेवी पूजाका लागि । माथि नै भनियो रम्मापाजी पञ्च प्रकृतिकको सधन उद्यान हो।यो देव संरक्षित वन हो । विना अन्नुमति यहाँको दाउरा, घाँस अन्य वन्य पैदावार स्थानीयले भोग उपभोग गरे जनधन वा पशुधनमा क्षति हुने विश्वासमा स्थानीय किसानहरु सतर्क हुन्थे। देव त्रसित वन्थे।एकटुक्रा दाउरा घाँस प्रयोग गर्दैनथे।त्यसैले पनि रम्भापानीको वन्यशोभा आज पनि अपार छ। सदाबहार छ।सुरक्षित छ । यो एक साँस्कृतिक पहिचान हो । परिवर्तित समयमा रम्भादेवी वन विधिसंगत रुपमा स्थानीय वन उपभोक्ता समितिमा हस्तान्तरित छ। व्यवस्थापकीय जिम्मामा सुरक्षित छ। परिचालित छ। यहाँसदावहार प्रजातिका वृक्षवनस्पति छन्। वनौषधी छन् । जडीछन् । बुटीछन् । बाँझी, मालागिरी, सौर ज्याँगन, चिलाउनी, वेतबास, खल्लुक, जामुन, कटुस, काफल, चुत्रा, ऐसेलु, टिमुर, पनियार आदि बहुप्रजातिका वनवृक्षले सिङ्गो देवीथान डाँडालाई सदावाहार हरियो पोशाकले सिंगारेको छ रमणीय तुल्याएको छ।सर्वदा शान्ति, सौन्दर्य आनन्दको त्रिवेणी हो रम्भापानी
रम्भा पानी शिखरको चुरोमा सम्म मैदानी भू वनोट छ। रमणीय हरियालीको आँखीझ्याल हो देवीथान डाँडा यहाँ प्रकृतिले चीसो हावाको मर्मले गाला मुसारेर पर्यटकलाई स्वागत गर्छिन् । चराचुरुङ्गीका स्वर संगीतमा राग अनुराग छर्छिन्।वन्यछहारीसँग घामले लुकामारी खेलेको प्राकृतिक त्र्रmीडा देख्न सकिन्छ ।
यहाँ ठाउँठाउँमा विश्राम स्थल छन् । वनभोज गर्ने रमाइलो प्राङ्गण छ ।जमघट हुने आगन छ । वनैभरि लालीगुराँसका रताम्य श्रृङ्गारले मोहनी लाउँछ ।आगन्तुकहरुमा रम्भापानीले।यहाँबाट उत्तरका रमाइला हिमश्रृङ्खला देख्न सकिन्छ।रम्भापानीको विषयमा कति जनश्रुति छन्।कति कथ्य छन्। तथ्य छन्।श्रुति परम्परा छन्। किम्बदन्ती छन्।भनिन्छ अघि त्रेता युगमा हालको चितवन अयोध्या बाट सीता रामले श्री कृष्णाको तिरै तीर यस क्षेत्रको भ्रमण गरेको अवस्थामा श्री रम्भापानी क्षेत्रका पनि भ्रमण गरेका थिए रामदी, रामपुर रामघाट,समचुला सीताकुण्ड सीतागुफा आदि नाम विविध प्रसङ्गमा जोडिएका छन्।यहाँ रमा नामा सीताको आग्रहमा रामस्वयंले धनुद्वारा खोस्रेर पानीको मूल स्थापन गरेकोले रमा–पानी भन्दा भन्दै रम्भापानी नामकरण भएको किम्बदन्ती प्रचलनमा छ । जे जस्तो जन आस्थाको आधार भए पनि यो क्षेत्र जलस्रोतको बलियो मुहान हो।आधार हो
ताहूँको समग्रवस्तीको जल आपूर्ति रम्भादेवी डाँडाका चारैतिरका धारा,कुँवा,कुण्ड,पोखरी,आदिबाट हुँदै आएको छ।रम्भाकै जडीबाट पूर्वखोला फाँट सिञ्चित हुँदै पाल्पाको गल्धा, रामपुर, सिँचाइस्रोत उपलब्ध छ। यस क्षेत्रको आर्थिक समृद्धि सम्भव भएको मान्न सकिन्छ माडीफाँट हुँदै रुपन्देही तिलोतमा आदि क्षेत्रको सिञ्चनगर्ने तिलोत्तमा, अरुणखोला, अँगाहाखोला, करादिखोला सबै रम्भाकै आसपासबाट बग्ने नदी हुन् । पाल्पाको आर्थिक समृद्धिमा रम्भापानीको अभूतपूर्व योगदान रहेको मान्न सकिन्छ ।
रम्भा रिमघा, बाकुमगडी यहाँको आर्थिक प्रगतिमा धेरै सम्भावना बोकेका प्राकृतिक सम्पदा हुन् । धार्मिक साँस्कृतिक, औद्योगिक र पर्यटकीय दृष्टिले पनि पाल्पाको रम्भा गाउँपालिका निकै समृद्ध छ । मात्र यसको युगानुकूल भौतिक निर्माण विकासको खाँचो छ ।
यहाँ रम्भादेवी पर्यटन विकास प्रतिष्ठान“नामक आधिकारिक संस्था रम्भा गाउँपालिकासँगको सहकार्यमा प्रयत्नशील छ। देशका सय गन्तव्य स्थान मध्ये रम्भापानी पनि एक गन्तव्य मानिन्छ त्यसैअनुरुप यसका पूर्वाधार संरचना तयार भएका छन् । रम्भादेवी मन्दिरको संचालन, व्यवस्थापन,प्रबन्धन सबै विधानतःहुन सकोस भन्ने सहभागी सबैको सदिच्छा हो । साथमा यौटा भवन निर्माण सम्पन्न अवस्थामा दुई प्रहरी नियमित बस्ने बताइएको छ। यसैमा देशसेवक र रम्भादेवीमा भक्तहरुबाट चढेको दान दातव्य व्यवस्थित गर्न सके यसबाट सार्वजनिक कोष खडा गर्न सकिन्थ्यो ।इच्छुकभक्तले चाहेमा निम्नतम रु५०००।को अक्षयकोषको आजीवन सदस्यता दिने व्यवस्था भए आर्थिक व्यवस्थापन राम्रो हुन सक्थ्यो। देशसेवकलाई आवासीय र तलबी व्यवस्थामा राख्न सकिन्थ्यो।कोषको पारदर्शी सञ्चालन भए रकम स्थानीय शिक्षा स्वास्थ्य विपन्नता दैवीप्रकोप,आदिमा थप सहयोग गर्न सकिने सम्भावना रहन्छ । रम्भादेवीको मूर्ति दैनिक गाउँमा लैजान पर्दैनथ्यो ।
गाउँले देउराली साप्ताहिकबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर