रामचन्द्र नेपाल

तानसेन महोत्सवमा गायक गायिकाकाे प्रस्तुतिले राैनकता थपेकाे छ । साेमबार गायक राजन राज शिवाकोटीकाे प्रस्तुतिमा दर्शक झुमेका छन् । उनले आफ्ना हिट गीतमार्फत प्रस्तुति दिए

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

‘कुटुमा कुटु सुपारी दाना कुटुमा कुटु ’, सुर्के थैली खै‘’,माया हातमा रूमाल हल्लाउँदै लगाएतका गीतमा दर्शक रमाए ।  गायक शिवाकोटीकाे प्रस्तुतिमा दर्शकले हुटिङ गर्नुका साथै नाचेर साथ दिए । साेमबार राजन राजसँगै इन्द्र जिसी, प्रेम लामिछाने मगर लगायतको समेत प्रस्तुति रहेको थियो ।

तानसेन नगरपालिकाको मुख्य आयोजनामा टुडिखेल मैदानमा सञ्चालन भएको महोत्सवमा कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० नारा रहेको छ ।  महोत्सवमा तीन सय बढी स्टल रहने र ३ लाख बढीले मेलाको अवलोकन गर्ने, मेला आयोजक तानसेन नगरपालिकाले जनाएको छ ।

पर्यटन र कृषिको माध्यमवाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजश्वको प्रवद्धनका लागी तानसेन नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार नगरपालिकावाट प्रथम ऐतिहासिक महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताउनुभएको छ । फागुन १९ देखि सुरू भएकाे महाेत्सव २९ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर