१४ भाद्र २०७७, आइतवार
नेपालमा आइतबार थप १ हजार २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २सय६७ जना कोरोना संक्रमणमुक्त भएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निम्न जिल्लाहरुमा सक्रमित थपिए हेरौ ।

प्रदेश १ का जिल्लाहरुमा इलामका १जना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका १जना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जना थपिए

प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना, पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जना थपिए ।

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, भक्तपुरका ४५ जना, मकवानपुरका ९ जना, रामेछापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ जना थपिए ।

गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जना थपिए ।

प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, पाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जना थपिए ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कञ्चनपुरका १ जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर