नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ ।

गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl
गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ ।

‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने,  ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’

मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ ।  बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन् ।

सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।अनलाईनखवरबाट

प्रतिक्रिया

सम्बन्धित खवर