![](https://rastradaily.com/wp-content/uploads/2020/08/pahiro-1.png)
१४ भाद्र २०७७, आइतवार
पहिरोमा परी कालिकोटमा चार जनाको मृत्यु भएको छ। तिलागुफा नगरपालिका-१ नाग्म गाउँमा आइतबार बिहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो। पहिरोमा तीन जना बेपत्ता छन्।
स्थानीय पर्याक शाहीको घर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुम प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए।
पहिरोमा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो। उनीहरूको शव दिउँसो भेटिएको डिएसपी ओलियाले बताए। बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको डिएसपी ओलियाले जानकारी दिए।