श्रीमान गाउँपालिका अध्यक्ष ज्यु!
कालीगण्डकी गाउँपालिकाको कार्यालय
बिर्घा स्याङ्जा।

कालीगण्डकी गाउँपालिकालाइ आगामी आर्थिक बर्ष एवं भविस्यका लागी मनमा उब्जिएका केहि व्यक्तिगत सुझावरुपी बुँदाहरु तपाइँ समक्ष

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रस्तुत गरेको छु। यदि उल्लेखित बुँदाहरु कार्यान्वयनको लागि योग्य ठहरिएको खण्डमा भ्याए कालीगण्डकी गाउँपालिकाको आन्तरिक

स्रोत,पालिकाको स्रोतले नभ्याए प्रदेश र संघीय सरकार संग पहल गरेरै भएपनि कार्यान्वयन हुनेछ भन्नेमा आशावादी छु।

१. कालीगण्डकी गाउँपालिकाको सेवा प्रवाहलाइ छिटोछरितो र अझ प्रभावकारी बनाउन सर्वपक्षीय संयन्त्र गठन गरी सवै पक्षसंग समन्वय र सहकार्य गर्दै कालीगण्डकी गाउँपालिकालाई स्मार्ट, स्वच्छ, समृद्ध, नमूना पालिका बनाउन कार्यविधि बनाइ कार्यान्वयन गर्ने।

२. गाउँपालिका भित्र बसोवास गर्ने (६५ वर्ष) माथिका जेष्ठ नागरिक, दिर्घरोगी, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडामा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरु परिचालन गरी कम्तिमा महिनाको १ पटक स्वास्थ्य अवस्थाको जाँच गर्ने, आवश्यकता अनुसार उपलब्ध औषधी वितरण गर्ने र सो को रेकर्ड राख्ने तथा मासिक रुपमा गाउँपालिका स्वास्थ्य शाखामा प्रतिवेदन पेश गर्ने साथै जटिल अवस्थाका रोगीहरुलाई उपयुक्त स्थानमा उपचारका लागि सहजिकरण गर्ने गरी गाउँपालिका प्रमुख जेष्ठ नागरिक तथा अशक्त नागरिक स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने।

३. प्रत्येक वडाको मुख्य एवं शाखा सडक बाह्रै महिना चल्न सक्ने गरी स्तरोन्नती गर्ने र त्यसलाई नियमित गराउने।

४. प्रत्येक घरधुरीले न्यूनतम जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न औधोगिक ग्रामको स्थापना गरी “एक घर एक रोजगारी वा व्यवसाय “को कार्यक्रम अगाडि वढाउने।

५. गाउँपालिकाबाट प्रवाह हुने सेवालाई थप छिटोछरितो,चुस्त, दुरुस्त,भरपर्दो र पारदर्शी वनाउन कर्मचारीको क्षमता विकास गरी नागरिक सचेतीकरण बढाउदै प्रविधिको प्रयोगमा जोड दिने।

६. १ वडा १ प्राविधिक कर्मचारीको व्यवस्था गरी विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय एवं पारदर्शी वनाई समयमै कार्य सम्पन्न गर्ने साथै योजना प्रणालीलाई प्रविधिमैत्री वनाउने।

७ . पूर्ण पशुपन्छि विमा,कृषि एम्बुलेन्स,कृषि विमा र कोल्ड स्टोर निर्माण गरि गाउँपालिकामा कृषि औधोगिकरण कार्यक्रम संचालन गर्ने ।

८. एक घर एक धारा कार्यक्रमलाई अति सिघ्र पूर्णता दिने ।

९. कालीगण्डकी गाउँपालिका “लोक कल्याणकारी कोष” स्थापना गर्ने र शुरुमा सो कोषमा गाउँपालिका प्रमुख,उप प्रमुखको एक महिनाको पारिश्रमिक जम्मा गरी हरेक महिना सवै जनप्रतिनिधि र कर्मचारीहरु संग १ दिनको आम्दानी/तलव उक्त कोषमा जम्मा गर्न आह्वान गर्ने ।

१०. युवाहरुको लागि खेलकुद, शैक्षिक कर्जा, व्यवसायिक कर्जा तथा सिपविकास र रोजगारीको व्यवस्थापन गर्दै बिदेशीएका युवाहरुलाइ आफ्नै मातृभुमीमा फर्काउन “गाउँ फर्क अभियान” सन्चालन गर्ने ।

११.व्यवस्था परिवर्तन गर्न बलिदान गर्ने शहिद,वेपत्ता घाइतेको सम्मानमा विशेष योजना संचालन गर्ने।

१२. शिक्षालाई गुणस्तरीय,प्रविधिमैत्री र स्वास्थ्यमा गुणात्मक सुधारको कार्ययोजना बनाइ कार्यान्वयन गर्ने ।

१३. दलित, महिला, फरक क्षमता भएका नागरिकको सम्मान गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने सो को लागि जनस्तरबाट सुझाव संकलन गरि कार्यक्रम तर्जुमा गर्ने।

१४. सामाजिक सुरक्षा भत्ता बैंक संग समन्वय, सहकार्य गरी टोल टोलमा वितरणको व्यवस्था गर्ने ।

१५. कालीगण्डकी गाउँपालिका बासिको गुनासो सुन्न र समाधान गर्न “हेल्लो अध्यक्ष” टोल फ्री नम्बर सुचारु गर्ने।

१६ .कालीगण्डकी गाउँपालिकाका नागरिकहरुको लागि नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने ।

१७. सबै वडामा सुलभ खाद्यान्न पसल,औषधि पसल गाउँपालिकाको समन्वयमा संचालन गर्ने ।

१८. गाउँपालिका भित्रका नदि खोलाको तटबन्ध र सिचाईको व्यवस्था गर्ने।

१९. ल्याडफिल्ड साइटको व्यवस्था गरी बजार एरिया एवं प्रत्येक टोलको फोहोरलाई व्यवस्थापन गर्ने र मोहरमा बदल्ने।

२०. कालीगण्डकी गाउँपालिकाका भित्रका धार्मिक,सांस्कृतिक र पर्यटकीय स्थानको प्रबर्द्धन गर्दै कुटनैतिक पहल मार्फत अन्तर्राष्ट्रियकरण गर्ने ।

२१. गाउँपालिका भित्र रहेका बजार एरियामा नि शुल्क सार्वजनिक शौचालयको व्यवस्था गर्ने।

२२. दिनानुदिन बढ्दो क्रममा रहेको सवारी चापलाइ ध्यानमा राखि आवस्यकता अनुसार पालिका भित्र विभिन्न ठाउँहरुमा बसपार्कको व्यवस्था गर्ने।

२३. पछिल्लो समयमा नियन्त्रण भन्दा बाहिर गएको बाँदर नियन्त्रणको लागि प्रत्येक वडामा आधुनिक उपकरण,हतियार सहितका “मंकी क्याचर”को व्यवस्था गर्ने।

२४. विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागी प्रत्येक विद्यालयमा नि:शुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने।

उहि तपाईंको शुभचिन्तक,
जि.के. पाण्डेय,
कालीगण्डकी ३,स्याङ्जा।

 

प्रतिक्रिया

सम्बन्धित खवर