सुनसरी । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्यले केन्द्र र प्रदेशमा एमालेको सरकार बनाउन सकिएको खण्डमा आधारभुत रुपले अवस्थालाई परिवर्तन गर्न सकिने बताएका छन । उनले देश र जनताको भविष्य बनाउने भएकाले मङ्सिर ४ को निर्वाचनलाई गम्भीररुपमा लिन आग्रह गरेका छन । उनले अहिले मुलुक परिवर्तन स्केगनेसको स्थितीमा रहेको र त्यसलाई परिवर्तन गर्न सकिने बताए ।

चुनावी प्रचारप्रसारका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता आर्चायले सुनसरी क्षेत्र नं. २ बासिन्दाले तीव्र परिवर्तनको अपेक्षा राखेको र त्यो अपेक्षा एमाले मात्र पूरा गर्न सक्ने बताए । उनले अब झुट र आश्वासनको राजनीति नटिक्ने भएकाले क्षेत्र नं. २ का मतदाताले एमालेका विकासप्रेमी उम्मेदवारलाई विजयी बनाउने विश्वास व्यक्त गरे ।

उनले अरु कुरा भन्दा पनि विकासलाई जोड दिने, कसरी समृद्धी प्राप्त गर्न सकिन्छ त्यो हेर्ने र कसरी जनताको हित प्राप्त गर्न सकिन्छ त्यसमा ध्यान दिने बताएका छन । उनले अब देशको मुहार फेर्न र जिल्लाको चित्र बदल्नका लागि यस पटक एमालेको सरकार आवश्यक रहेको बताए ।

२०५१ सालयता नेकपा (एमाले)बाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं. २ को टिकट पाएका छन् । सुनसरीको इनरुवा–६ (साविक मधेसा गाविस–९) का स्थायी बासिन्दा आचार्यले २०६४ र २०७० सालमा पनि एमालेबाट टिकट पाएका थिए । सुनसरी–६ बाट चुनाव लडेका उनी दुवै पटक विजयी भएर संविधानसभामा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर