१४ भाद्र २०७७, आइतवार
सिरहाको भगवानपुर र बरियारपट्टि गाउँपालिकामा कांग्रेस, नेकपा र जसपाका कार्यकर्ताबीच कुटाकुट भएको छ ।
समान्य विवाद हुँदा शनिबार र शुक्रबार राति कुटाकुट भएकाे हाे । झडपमा दुई प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका छन् ।
कोही स्थानीय अस्पतालमै उपचार गराएर घर फर्केका छन् भने कोही विराटनगर रेफर भएका छन्।
शनिबार दिउँसो १२ बजेको गर्मी लागेको बेला भगवानपुर गाउँपालिका २ लहरास्थित छहारीमा बस्ने विषयमा विवाद हुँदा कुटाकुट भएको प्रहरीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी(जसपा)का कार्यकर्ताबीच झगडा भएको हो । दुवै पक्षका २२ जना घाइते भएका छन् ।दैनिक नेपालवाट