१३ भाद्र २०७७, शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको महाधिवेशन तोकिएकै मितिमा हुने र महाधिवेशनपनि सहमतिका साथ सम्पन्न हुने विश्वास दिलाएका छन् । शनिवार साझँ प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले भने “एकता महाधिवेशन गर्ने हो । सहमतिका साथ जानुको विकल्प छैन् । यद्धपी महाधिवेशन लोकतान्त्रिक थलो हो । सहमति उत्तम विकल्प हो । सहमति चाहीँ लोकतन्त्रको उच्चतम विन्दु हो । सबैको बीचमा सहमति हुन्छ । कसले के पाउँछ महाधिवेशनपछि भन्ने कुरा महाधिवेशनलाई नै जिम्मा दिउँ ।”
उनले महाधिवेशनले एकताको पक्षमा नै निर्णय गर्ने विश्वास दिलाए । उनले भने(“महाधिवेशनले एकताको पक्षमा योगदान पुर्याउँछ । सही नीति निर्माणमा योगदान पुर्याउँछ । यसले उपयुक्त पात्र खोज्छ । नेतृत्वको लागि प्रतिष्पर्धाको आवश्यक नपर्न सक्छ । सहमति भयो भने प्रतिष्पर्धा किन चाहियो ?”
फरक प्रसँगमा उनले वरिष्ठ नेता माधव कुमार नेपालसँग मनमुटावको सवालमा आफ्नो तर्फबाट केही पनि नभएको स्पष्ट पारे । उनले भने “मेरो तर्फबाट केही पनि छैन् । बाँकी कुरा उहाँलाई नै सोध्नु न । अब मेरो वीचारमा पूर्व माओवादी, पूर्व एमाले भनेर जानुपर्दैन् । त्यो धारण सवा दुई वर्ष अघिको कुरा हो । हामी अलग अलग थियौं भन्ने सम्झिएर हुँदैन् । यो पक्षचाहीँ एकजुट हुनुपर्ने थियो ।”

उनले पार्टीभित्रको विवाद हल गर्नको लागि उपाध्यक्ष वामदेव गौतले अघि सारेको ६ बुँदे प्रस्ताव एकताको पक्षमा महत्वपूर्ण भूमिका खेलेको भएपनि गौतमको प्रस्ताव नै सञ्जिबिनी बुटी भन्न नहुने तर्क गरे । उनले भने,वामदेवजीको प्रस्तावले एकताको लागि महत्वपूर्ण भूमिका खेल्यो । तर, सञ्जिबीनी बुटी नै होईन । उहाँको प्रस्तावले महत्वपूर्ण योगदान भयो । उनले मन्त्रिपरिषदको पूनर्गठन आवश्यकत्ताले गर्ने भएको हुँदा त्यसबारेमा आफूले विचार गरिरहेको पनि जानकारी दिए । उनले भने “म विचार गर्दैछु ।”

प्रतिक्रिया

सम्बन्धित खवर