१३ भाद्र २०७७, शनिवार
यतिवेला देश कोरोना महामारीवाट गुज्रिरहेको छ । देशमा कतै लकडाउन कतै सिल र निषेधाज्ञा लागु भएका छन । काठमाण्डौ उपत्यकामा पनि यतिवेला निषेधाज्ञा जारी भैरहेको छ । काम गरेर जीविकोपार्जेन गरिरहेका श्रमिकहरुले काम पाउन छाडेका छन । दैनिक जीवन गुजारा गर्न उनीहरुलाई निकै सास्ती भैरहेको छ ।


यसै क्रममा सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका, वुद्धहरु जेष्ठ नागरिक र आमाहरुलाई शनिवार पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेपछि उनीहरु निकै खुशि देखिएका छन ।
संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ फाउन्डेशनको सहयोगमा यस्तै कामहरु गर्दे आएको छ । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा भएको भएपनि संस्थाले सामाजिक दुरी कायम राख्दै शनिवार ३१ जना बालबालिका, २९ जना आमा र १९ जना वृद्ध जेष्ठ नागरिकलाई पोषण युक्त खानेकुरा वितरण गरेका सहयोगी नेपाल संस्थाका अध्यक्ष इश्वरी ढकालले जानकारी दिनुभयो ।
सहयोगी नेपाल संस्थाका कोषाध्यक्ष गोपाल प्रसाद ओझाका अनुसार बालबालिकालाई कापी, कलम, खेलौना, पुस्तकहरू, सेरलेक्स, अण्डा, साबुन र १५ केजी चामल वितरण गरिएको थियो । त्यस्तै जेष्ठ नागरिकहरुलाइ हर्लेक्स, अण्डा, चामल, साबुन, ओखर र काजू वितरण गरिएको थियो । केहि अति विपन्न बालबालिकालाई लत्ताकपडा समेत वितरण गरिएको थियो ।
संस्थाले वेलावेलमा विशेषज्ञ डाक्टरहरुद्धारा उनीहरुको स्वास्थ परिक्षण समेत गर्दे आईरहको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर