
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको नतिजा आउन ढिलाइ भएपछि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई मतदानस्थल बढाउन निर्देशन दिएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भोलि बिहीबारसम्म ९० प्रतिशत मतगणना भइसक्ने बताउँदै सबै निर्वाचन अधिकृतको कार्यालयलाई द्रुत गतिमा मतगणना गर्न निर्देशन दिइएको बताए।
‘भोलि बेलुकीसम्म ९० प्रतिशत मत गनेर सकिन्छ,’ उनले भने, ‘मतगणना छिटो सक्न निर्वाचन अधिकृतको कार्यालयलाई हामीले सघाएका छौँ ।’ उनले वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहको नतिजा शुक्रबार साँझसम्म आइपुग्ने बताए। महानगर र उपमहानगरको मतगणना गर्न समय लाग्ने देखिएपछि मतगणनास्थल थप्न निर्देशन दिइएको उनको भनाइ छ।
हालसम्म अधिकांश गाउँपालिका र नगरपालिकाको मतगणना सकेर नतिजा आइसकेको छ। मत र वडासंख्या धेरै भएका कारण महानगरपालिका र उपमहानगरपालिकाको मतगणनामा भने समय लाग्ने देखिएको छ।