१३ भाद्र २०७७, शनिवार
गैर आवासिय नेपाली संघ कतारद्धारा गठन भएको उद्दार तथा राहत बितरण समितीले
एक्काईसौ चरणको राहत वितरण गरेको छ । बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न सावधानी कदमहरुको पालना गर्ने क्रममा कतारमा रहेका नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत कार्यक्रम अनुसार राहत विरण गरिएको हो
कतार सरकारको परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र गृह मन्त्रालय द्वारा कतार च्यारिटी बाट प्राप्त खाद्यान्नको राहत प्याकेजहरु वितरण भएको हो
गत १५ अगस्ट २०२० देखि २८ अगस्ट २०२० का दिन सम्म एक्काइसौं चरणमा विभिन्न संघ सस्थाहरुबाट प्राप्त विवरणका खाद्यान्नको समस्यामा रहेका ६२७ जना पीडित नेपालि श्रमिकहरुलाई खाद्यान्नको प्याकेज बाढीएको एनआरएन राष्टिय समन्वय परिषद कतारका महासचिव पदम गिरीले वताउनु भयो ।
राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार,आईसीसी प्रतिनिधि ,एनसीसी प्रतिनिधिहरु,राहात तथा उद्दार समिती संयोजक र सदस्यहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु साथै विशेष सहयोगि सम्पुर्ण स्वयंसेवहरु हार्दिक धन्यवाद सहित आभार प्रकट गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर