१२ भाद्र २०७७, शुक्रवार
नेपाल आइडल सिजन–३ को उपाधी सज्जा चौलागाईले जितेकि छिन । यस्तै फस्ट रनर अफ प्रवीण वेडुवाल बनेका छन् भने सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । आइडल विजेताले उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन ।
शुक्रबार राति घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । तथापी प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै आज भोट तथा जजको मूल्यांकनको आधारमा घोषणा भएको वताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर