१२ भाद्र २०७७, शुक्रवार

शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए सगै नेपालका संक्रमितको सख्या ३६ हजार ४५६ पुगेको छ । अहिले सम्म निको हुनेको संख्या २० हजार २४२ छ भने सक्रिय संक्रमितको संख्या १६ हजार १९ पुगेको छ । ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

शुक्रवार कुन जिल्लामा कति थपिए ?

प्रदेश १ को जिल्लाहरुमा इलाममा १जना, उदयपुरमा १जना,ओखलढुंगामा १जना, झापामा १५ जना, पाँचथरमा २ जना, मोरङमा ४७ जना, संखुवासभामा २ जना, सुनसरीमा ४१ जना, सोलुखुम्बुका १जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को जिल्लाहरुमा धनुषामा २० जना, पसामा १जना, बारामा ४ जना, महोत्तरीमा १३ जना, रौतहटमा २१ जना, सप्तरीमा ७ जना, सर्लाहीमा १३ जना र सिरहामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशको जिल्लाहरुमा काठमाडौंमा ३५० जना, काभ्रेमा १७ जना, चितवनमा २६ जना, धादिङमा १६ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ५४, मकवानपुरमा ५१ जना, रसुवामा १ जना,ललितपुरमा ११ जना, सिन्धुपाल्चोकमा १ जना र सिन्धुलीमा २ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीमा १६ जना, गोरखामा १जना, तनहुँमा ४ जना, नवलपरासी पूर्वमा ११ जना, लमजुङमा २ जना र बाग्लुङमा एक जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीमा २ जना,कपिलवस्तुमा २ जना, दाङमा १जना, नवलपरासीमा २ जना, बर्दियामा २ जना, बाँकेमा ३६ जना, रुपन्देहीमा ७२ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लामा ६ जना, दैलेखमा ११ जना र सल्यानमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरमा १जना, कैलालीमा ११ जना, डोटीमा ९ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर