
२०७८ चैत्र ५, शनिबार
हिंसात्मक बाटो छाडेर शान्तिपूर्ण राजधानीमा प्रवेश गरेको विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटीको बैठक शनिबार पनि जारी रहने भएको छ । कपिस्वस्तुमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकले चुनावबारे कस्तो निर्णय लेला भन्ने चासो राजनीतिक वृत्तमा रहेको छ ।
महासचिव विप्लवले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर अघि बढ्ने उल्लेख गरिएको छ । नेकपा स्रोतका अनुसार विप्लवले केन्द्रीय सदस्यहरुलाई वितरण गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गरेर जानुपर्ने उल्लेख गरिएको छ ।
सञ्जालमार्फत नेता भट्टराईले भनेका छन्, ‘कमरेड नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीको बैठकमा आगामी निर्वाचनमा पार्टीले भाग लिने प्रस्ताव गर्नुभएछ । यो अत्यन्तै वस्तुवादी र सहि प्रस्ताव हो । नेपाली धर्तीको मार्क्सवादी विचार पनि हो ।’