१२ भाद्र २०७७, शुक्रवार

दाङमा कोरोना संक्रमण रोकथामका लागि दाङमा भदौ १४ देखि २१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
शुक्रवार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति दाङको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गतेसम्म निषेधाज्ञा लागु गरेको हो ।
निषेधाज्ञाका क्रममा जिल्लाभर सार्वजनिक यातायात चल्ने छैनन भने वजार, भिड बढाउने कुनै पनि गतिविधि गर्न पाइने छैन । होटेल, रेष्टुराँ, खाजा घर, सरकारी राजश्व संकलन गर्ने अनुमति प्राप्त वैंक तथा वित्तिय संस्थाहरुबाहेक सबै सेवा बन्द गरिने भएको छ । अत्यावश्यकीय सरकारी कार्यालयहरु सञ्चालन गर्ने र थोरै कर्मचारीको उपस्थितिमा संचालनमा आउने छन ।
बैठकले २१ गतेपछि पनि जिल्लाको अवस्था विश्लेषण गरी थप एक हप्ता बढाउनसक्ने निर्णय समेत भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर