१२ भाद्र २०७७, शुक्रवार
कोरोना रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी वनाउन जिल्ला प्रशासन कार्यालय पाल्पामा लगाएको निषेधाज्ञा थप गरिएको छ । यसअघि भदौ १२ गते राती १२ वजे देखि लगाईएको निषेधाज्ञा आज सकिदै थियो ।
आज वसेको सिसिएमसिको वैठकले आउदो भदौ १९ गते राती १२ वजेसम्म थप गर्ने निर्णय गरेको हो ।
एम्वुलेन्स,शववाहन खाध्य सामाग्रि वोक्ने सवारी साधन,औषधी वोकेका सवारी साधन लगायत कुटनितिक नियोगका सवारी साधन चल्न पाउने छन भने निजी र सार्वजनिक साधनहरु भने चल्न पाउने छैनन ।

यसैगरी एम्वुलेन्समा सहचालक वाहेक विरामि र एकजना कुरुवा,ढुवानी साधनमा चालक र सहचालक मात्र रहने र यस्ता सवारी साधनहरु गन्तब्यमा पुगेर माात्र रोकिने ब्यवस्था गरिएको छ । अत्यावश्यक कार्यमा लागि घर वाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग र स्वास्थ सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ ।
अत्यावश्यक वस्तुको किनवेचको लागि विहानको ७ वजेदेखि ११ सम्मको समय छुट्याईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर