१२ भाद्र २०७७, शुक्रवार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोली बस्ने भनिएको सचिवालय बैठक सरेको छ ।
आज अध्यक्षद्धय प्रम ओली र प्रचण्डबिच भोली बस्ने भनिएको सचिवालय बैठक सम्बन्धि छलफल गर्ने भनि बालुवाटारमा भेटवार्ता भएको थियो । भेटवार्ता पछि भोली बस्ने भनिएको बैंठक सरेको बालुवाटार स्रोतले जनाएको छ ।
सचिवालय बैंठक अब भदौ १८ गते बस्ने सहमति भएको जानकारी समेत प्राप्त भएको छ । तर बैंठक के कारणले सरेको भनेर आधिकारीक जानकारी भने भएको छैन ।