१२ भाद्र २०७७, शुक्रवार

मुस्ताङ, १५ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ बस्ने रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका-९ घर भएका २७ वर्षीय टेक प्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सुनारले ती बालिकालाई मंगलबार ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङ र ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भक्तपुर, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर महानगरपालिका-२ औद्यौगिक क्षेत्र बस्ने मोरङ घर भएका २१ वर्षीय शृजन रायलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई २०७६ माघ २६ गते भक्तपुर महानगरपालिका-१ दुधपाटीस्थित गेष्ट हाउसमा लगेर जबरजस्ती करणी गरी फरार रहेका रायलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले भक्तपुर महानगरपालिका-२ औद्यौगिक क्षेत्रबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर