१२ भाद्र २०७७, शुक्रवार
बागलुङ गलकोट समाज जापानको क्षेत्रीय समिति नागोयाले बागलुङको गलकोट नगरपालिका–७ मल्मको सीरबारे प्राथमिक विद्यालयलाई. ५० हजार आर्थिक सहयोग गरेको छ ।
समितिका पदाधिकारी, सदस्य र शुभेच्छुकबाट उक्त रकम जुटाइएको थियो । समितिको बैठकले कोरोनाका कारण तीज पर्वमा दर खुवाउने लगायतका औपचारिक कार्यक्रम गर्न नसकिएपनि महिला र बालबालिकाका क्षेत्रमा सहयोग गर्ने निर्णय गरे अनुसार सहयोग गरिएको हो ।

अक्षयकोषको ब्याजबाट वर्षेनीउत्कृष्ट विद्यार्थीलाई पुरस्कृत÷सम्मान गर्ने योजना तय गरिएको सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल दर्जीले बताउनु भयो । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले १८ छात्रा र १३ जना छात्र छन् । विद्यालयमा स्थायी र राहत गरी दुई शिक्षकको दरबन्दी रहेको अध्यक्ष दर्जीले जानकारी दिनुभयो ।
अन्य शिक्षक र कर्मचारीको खर्च स्थानीय स्रोतबाट धानिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर