१२ भाद्र २०७७, शुक्रवार

नेपालमा यतिवेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चर्चा निकै छ । जब उनी प्राधिकरण प्रमुखमा नियुक्त भए, त्यसको केही समयपछि देश लोडसेडिङ मुक्त भयो । कुलमानको यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिँदैछ । यतिबेला सामाजिक सञ्जालमा उनलाई नै पुनः प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिनुपर्ने भन्दै आवाज उठिरहेको छ ।

मंगलवार दिउँसो कुलमान पुनः प्राधिकरण प्रमुखमा दोहोरिएको खबर एकाएक फैलियो । तर, यसमा कुनै सत्यता थिएन । दिपकराज गिरीले ब्यग सहितको फेशवुक स्टाटस हाले जसमा उनले लेखे.  ‘आज बसेको मन्त्रीपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन ।’ उनले पहिलो वाक्यमा प्राधिकरणमा पुनः कुलमान दोहोरिएको उल्लेख गरेका छन् । तर, उनले लेखेको स्टाटसको अन्तिम वाक्य फरक छ ।

उनले स्टाटसको दोस्रो वाक्यमा ‘आशय’ शब्द प्रयोग गरेका छन्, जसले कुलमानको नियुक्तिबारे कुनै निर्णय नभएको बुझाउँछ । उनले प्राधिकरणमा कुलमानलाई निरन्तरता दिएर जनताको पक्षमा उभिनुको सरकारसँग विकल्प नभएको बताउन खोजेका छन् । तर, दीपकराजको व्यंग्यात्मक स्टाटसको भाव नबुझ्दा धेरैले भ्रामक खबर फैलाएको भन्दै उनीलाई गाली गरिरहेका छन्   आफूले लेखेको स्टाटसबाट धेरै झुक्किएपछि उनले सरकारले पुनः प्राधिकरणमा कुलमानलाई निरन्तरता दिनुपर्छ भन्ने आफ्नो आशय रहेको बताएका छन् । उनले उक्त पोस्टको कमेन्टमा लेखेका छन्, ‘केही साथीहरू झुक्किनु भएछ । यस्तै निर्णय सरकारले गर्नुपर्छ भनिएको छ, निर्णय भएको छैन । तर केही छैन, तपाईहरूको यो चासोले थप दवाव श्रृजना गर्नमा मद्दत पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर