११ भाद्र २०७७, बिहिवार

काठमाडौँ। तितेकरेला स्वस्थ्यका लागि निकै फलदायी हुने गर्दछ। यसमा पाईने पोषण तत्वले तौल घटाउनुका साथै मधुमेहलाई पनि नियन्त्रणमा राख्दछ। वास्तवमा, यसलाई एक प्रकारको सुपरफुड भन्न सकिन्छ किनभने यसले मानव शरिरको पुर्ण स्वस्थलाई फाइदा पुर्याउछ।

तितेकरेला भिटामिन र विभिन्न खनिज तत्वको राम्रो श्रोत हो। यसमा पाईने आइरन, म्याग्नेसियम, पोटासियम र भिटामिन ए, भिटामिन सिले गर्दा शरिरको खराब कोलेस्ट्रोल घटाइ मुटुरोग र हृदयघातको जोखिम पनि कम गर्दछ।

यसमा ब्रोकाउली र पालुङ्गोभन्दा दोब्बर क्याल्सियम तथा बिटा क्यारेटिन पाईने गर्दछ, जसले एन्टिअक्सिडेन्टको काम गर्दछ। यसले मानव शरीरमा प्रतिरक्षा प्रणालीलाई बढाउँदै श्वासप्रश्वास तथा छालाको स्वस्थलाई फाईदा पुर्याउदछ।

करेला का फाइदाहरु

– पाचन प्रणालीको सुधार : तितेकरेला फाइबरको राम्रो श्रोत हो। दैनिक रूपमा यसको सेवन गर्दा कब्जियतको समस्यादेखि पाचन प्रणालीलाई तन्दरुस्त रख्दछ।

– तौल घटउन मद्दत : दैनिक आहारमा उचित मात्रामा तितेकरेलको सेवन गर्दा अनावशक तौल घट्नुका साथै शरीरको मेटाबोलिजमलाई पनि सुधार गर्दछ। यसमा कम क्यालोरी, फ्याट र कर्बोहाइड्रेड हुन्छ जसले कलेजोलाई पनि स्वस्थ राख्ने काम गर्दछ।

– मधुमेहको उपचार : डब्लुएचओका अनुसार विश्वमा ३८२ मिलियन मानिसहरु मधुमेहबाट ग्रसित छन् । तितेकरेलामा पाइने इन्सुलिनको तत्व पोलिपेप्टाइड पिले मधुमेहलाई प्राकृतिक रूपमा ठिक गर्दछ।

– मुटु रोगको जोखिम कम गर्ने:  तितेकरेलामा पाइने इम्फ्लेमेटरी तत्वले शरिरको खराब कोलेस्ट्रोललाई कम गरि मुटुरोग तथा हृदयघातको समस्या पनि कम गर्दछ। यसमा पाइने पोटासियमले शरीरको अत्याधिक सोडियमलाई नियन्त्रण गर्दछ। यसैगरी यसमा पाईने आइरन र फोलिक एसिडले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ।

– कलेजोको सफाई : मधिरा तथा अन्य निकोटिन युक्त पदार्थको सेवनले कलेजोलाई निकै असर पुर्याउदछ। त्यसैगरी, कलेजोलाई स्वस्थ राख्न दैनिक रूपमा तितेकरेलाको जुस बनाई पिउन सकिन्छ जसले कलेजोमा रहेका टक्सिनहरु सफा गर्दछ

प्रतिक्रिया

सम्बन्धित खवर