११ भाद्र २०७७, बिहिवार
गण्डकी प्रदेशमा बिहीबार बिहान थप २५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशका ५ वटा जिल्लाका थप २५ जनामा कोरोना सक्रमण पुष्टि भएको जनाएको हो ।
बागलुङ नगरपालिकाका ५ वटा वडाका १ वर्षीया बालिकासहित ३ महिला तथा ५ पुरुष , (पर्वत जलजला – ४ का ३६ वर्षीय पुरुष लमजुङ बेंसीसहरका ३ पुरुष तथा १ महिला , तनहुँ का ८ पुरुष र १ महिला र नवलपुरका ५ जनामा कोरोना देखिएको हो । कोरोना पुष्टि भए सँगै उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७७ पुगेको छ भने निको भइ घर फर्किनेको संख्या १ हजार ६ सय ६५ पुगेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर