१० भाद्र २०७७, बुधवार
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुरमा प्रसुती गृहको शिलान्यास गरिएको छ । आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले शिलान्यास गरेका हुन् ।
१८ लाख ४१ हजार लागत रहेको प्रसुती भवनको शिलान्यास गर्दै अध्यक्ष कक्षपतिलेखजुरालाई स्वास्थ्यको हव बनाउन गाउँपालिका अग्रसर हुँदा आधारभूत स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवा उपलब्धतामा खजुरा अगाडि बढ्दै गएको अध्यक्ष कक्षपतिले उल्लेख गरे । कार्यक्रममा इन्रुडेकका अध्यक्ष धर्मलाल रोकाय,आड्रा नेपालका क्षेत्रीय प्रमुख तर्क थापा,खजुरा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, इन्जिनियर सोनु शाह, सबइन्जिनियर प्रकाश कठायत, इन्रुडेकका कोषाध्यक्ष नाजुमा खातुनलगायतको सहभागिता रहेको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर