१० भाद्र २०७७, बुधवार
काठमाण्डौ उपत्यकाका तीन जिल्लामा एकैदिन तीन सय एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा दुई सय ३० जना, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार महोत्तरीका तीन, बारा र कैलालीका दुई दुई मोरङ, भक्तपुर, बाँके र काठमाण्डौमा एक एक जनाको ज्यान गएको हो ।
यो सगै नेपालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ७५ पुगेको छ । कोरोनाको जोखिम बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा निषेधाज्ञाको अवधि थप गरिएको छ । बुधबार रातिसम्म लागू गरिएको निषेधाज्ञाको अवधि एक हप्ताले बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर