१० भाद्र २०७७, बुधवार
महोत्तरीमा भदौ १५ गते सम्मको लागि पाचौ पटक निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जिल्लामा कोरोनाको जोखिम बढ्दै गएको र समुदाय स्तरमा फैलिएकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप सतर्कता अपनाउन निषेधाज्ञाको समयअवधि भदौ १० गते बुधबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि महोत्तरी जिल्लाभरि थपिएको जानकारी दिए ।
प्रशासनको आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने समेत जानकारी गराए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर